मकवानपुरमा रास्वपाको संगठन विस्तार अभियान, १० पालिकाको अधिवेशन तालिका सार्वजनिक

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले जिल्लाभर संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाउँदै पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । शनिबार हेटौँडामा बसेको जिल्ला कमिटी बैठकले जेठ महिनाभित्र १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले थाहा नगरपालिकाको अधिवेशन जेठ ९ गते गर्ने तय गरेको छ । उक्त अधिवेशनको संयोजन जिम्मेवारी राजकुमार कार्की र रमेश थापालाई दिइएको छ ।

त्यसैगरी, जेठ १० गते हेटौँडा उपमहानगरपालिका तथा मनहरी गाउँपालिकामा अधिवेशन आयोजना गरिने भएको छ । यी पालिकाका लागि विष्णु दाहाल, टाकाराज थापा, किशोर अर्याल र ईश्वर दाहाललाई जिम्मेवारी तोकिएको छ ।

इन्द्रसरोवर गाउँपालिकाको अधिवेशन जेठ १३ गते हुने तय भएको छ भने त्यसका लागि पनि राजकुमार कार्की र रमेश थापालाई खटाइएको छ ।

यस्तै, मकवानपुरगढी गाउँपालिकाको अधिवेशन जेठ १५ गतेका लागि निर्धारण गरिएको छ । उक्त पालिकामा विष्णु दाहाल र टाकाराज थापाले नेतृत्व सम्हाल्ने भएका छन् ।

रास्वपाले जेठ १६ गते बागमती, बकैया र राक्सिराङ गाउँपालिकामा एकैदिन अधिवेशन गर्ने तयारी गरेको छ । ती पालिकामा सुनिता राई, विवेक कट्टेल, अस्मिता न्यौपाने, विवेक सुवेदी र सन्तोष बर्तौलालाई जिम्मेवारी दिइएको जनाइएको छ ।

कार्यवाहक जिल्ला सभापति तथा मकवानपुर–१ का सांसद प्रकाश गौतमको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला अधिवेशनअघि सबै पालिकाको नेतृत्व चयन प्रक्रिया टुंग्याउने रणनीति बनाएको हो ।

रास्वपाका अनुसार मकवानपुरका १० स्थानीय तहमध्ये भीमफेदी गाउँपालिकामा भने अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.