मकवानपुरमा २१ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क क्षेत्रबाट प्रहरीले २१ किलो ३१० ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले बिहीबार बिहान करिब ९ः३० बजे गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा बसेका एक व्यक्तिलाई जाँच गरेको थियो। जाँचका क्रममा झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा लक्की चन हजरा रहेका छन्। उनी बिन्दवासिनी गाउँपालिका–४ निवासी ६० वर्षीय पुरुष हुन्।

प्रहरीले बरामद गरिएको गाँजा नियन्त्रणमा लिई हजरामाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.