मकवानपुर, ४ जेठ । हेटौंडा उपमहानगरपालिका–१० स्थित बलराम दास पेट्रोल पम्प अगाडिबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बेलुका गस्ती गर्ने क्रममा शंकास्पद अवस्थामा रोकिराखिएका दुई मोटरसाइकलमा सवार व्यक्तिलाई जाँच गर्दा लागूऔषध फेला परेको हो ।
प्रहरीका अनुसार बा.प्र.०२–०४६ प ६९८३ नम्बरको केटीएम ड्यूक र बा.प्र.०३–००५ प ५०१८ नम्बरको क्रसफायर मोटरसाइकलमा रहेका हेटौंडा–८ निवासी २५ वर्षीय विशाल देउला र राक्सिराङ गाउँपालिका–३ निवासी २२ वर्षीय प्रतिक ठकुरीलाई नियन्त्रणमा लिइएको छ ।
उनीहरूको साथबाट ३७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । बरामद लागूऔषधसहित दुवै जनालाई पक्राउ गरी लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।
यस सम्बन्धमा मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















