हेटौंडा । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट सञ्चालन गर्न निर्देशन दिएको छ ।
शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा मन्त्रालयले कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो ।
मन्त्रालयको उक्त निर्णयबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पत्राचार गर्दै जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस्















