आउने हप्ता लगातार चार दिन सार्वजनिक बिदा परेको छ। सरकारले ईद उल-अजहा (बकर ईद) का अवसरमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै चार दिन लामो बिदा परेको हो।
जेठ १४ गते बिहीबार बकर ईदको बिदा हुनेछ भने जेठ १५ गते शुक्रबार गणतन्त्र दिवस को सार्वजनिक बिदा परेको छ। त्यसपछि १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले लगातार चार दिन सरकारी कार्यालय तथा अधिकांश संस्थाहरू बन्द रहनेछन्।
गृह मन्त्रालय ले बिहीबार विज्ञप्ति जारी गर्दै बकर ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।
प्रतिकृया दिनुहोस्















