काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आइतबार भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

नेपालले माल्दिभ्सलाई २५-१२, २५-९ र २५-२० ले हरायो। लगातार दोस्रो जितसँगै नेपालले तीन खेलबाट ७ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ।

समूहमा भारत २ खेलबाट ५ अंकसहित दोस्रो तथा किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ। सोमबार हुने भारत–किर्गिस्तान खेलपछि समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ।

नेपालले यसअघि भारतसँग ३-२ सेटमा हार बेहोरे पनि किर्गिस्तानलाई ३-० ले हराउँदै पुनरागमन गरेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.