मकवानपुरको मनहरीमा जिल्लास्तरीय क्योकुसिन कराते प्रतियोगिता

हेटौँडा । नेपाल क्योकुसिन कराते (आइकेए) को आयोजनामा मकवानपुरको मनहरीमा जिल्लास्तरीय पुरुष तथा महिलालाका विभिन्न तौल समूहका खेल भएका छन् ।
नेपाल क्योकुसिनन कराते बालकुमारी आइकेओ युनियन, नेपाल क्योकुशिन कराते अलाइड, शिन क्योकुसिन कराते संघ र नेपाल क्योकुसिन कराते आइकेओ संघका खेलाडीहरु प्रतियोगितामा सहभागी थिए ।
प्रतियोगिताको पुरुषतर्फको खेलमा ३० केजी समूहमा सुस्मित बिक प्रथम, दीप गोले द्वितीय र परप भोलन तृतीय भएका थिए भने दिपक थिङ सान्त्वना भएका थिए ।                                         यस्तै, ३५ केजी समूहमा अर्जुन थिङ प्रथम, आभास श्रेष्ठ द्वितीय, विवेक घलान तृतीय र अर्जुन थिङ सान्त्वना भएका थिए ।
यस्तै, ४० केजी समूहमा कृष मोक्तान प्रथम, प्रतिक मोक्तान द्वितीय, सर्वोच्च नेउपाने तृतीय र प्रशान्त पोखरेल सान्त्वना भएका थिए ।
यस्तै, ४५ केजी समूहमा नितेस कुमार शाह प्रथम, सन्जोक वाइबा द्वितीय, सौरभ थिङ थिङ तृतीय र उत्सव खतिवडा सान्त्वना भएका थिए ।
यस्तै, ५० केजी समूहमा अरुण प्रजा प्रथम, अमृत बिक द्वितीय, सुरेश मोक्तान तृतीय र बिक्रम जिम्बा सान्त्वना भएका थिए ।
यस्तै, महिलातर्फ ३० केजी समूहमा सुहानी थिङ प्रथम, वास्ना गुरुङ द्वितीय र बजेतुन तामाङ तृतीय हुँदा सिजासु लोप्चन सान्त्वना भएकी थिइन् ।
३५ केजी समूहमा पुष्पा नेपाली प्रथम, एरिका तिवारी द्वितीय, सुपृका प्रजा तृतीय भएकी थइन् ।
४० केजी समूहमा सुमिना बोम्जन प्रथम, गङ्गा मोक्तान द्वितीय र बिबिका थोकर तृतीय हुँदा सतृश्नना स्याङ्तान सान्त्वना भइन् ।
४५ केजी समूहमा कुसुम भोलन प्रथम, बिसु श्रेष्ठ द्वित्रीय, अन्जिता ब्लोन तृतीय र पृन्सा राना मगर सान्त्वना भएका थिए ।
५० केजी समूहमा विविशा घिसिङ प्रथम, शिखा चौलागाईं द्वितीय, एनोरा तिवारी तृतीय र अस्मिता कुवर सान्त्वना भएका थिए ।
बिजेताहरुलाई मनहरी गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरले पुरस्कार तथा मेडल प्रदान गरेकी थिइन् । कार्यक्रममा मनहरीको वडा नम्बर ७ का वडाध्यक्ष ठाकुराम तितुङ, नेपाल ब्रान्च चिफ सिहान प्रेम बहादुर लामालगायतको सहभागिता थियो ।
कार्यक्रममा आस्था कला केन्द्रले नृत्य प्रस्तुत गरेको थियो भने खेलाडी विजय घलानले पेटमा ढुंगा राखेर ब्रेक गरेका थिए भने लठ्ठी पनि ब्रेक गरेका थिए । प्रतियोगितामा मकवानपुरका विभिन्न पालिकाका १ सय २० क्योकुसिनका खेलाडी सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.