सिन्धुलीमा ट्याक्टरबाट लडेर घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–११ फाल्चुरीस्थित भित्री सडकमा ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार सोमबार साँझ करिब ५:३० बजे सिन्धुलीबाट तिनतलेतर्फ जाँदै गरेको ना ६ त ५३३ नम्बरको ट्याक्टरमा सवार कमलामाई नगरपालिका–११ का ४८ वर्षीय अशोक (धनबहादुर) वाईवा ट्याक्टरको ढालाबाट लडेर गम्भीर घाइते भएका थिए।

घाइते वाईवालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहीबार साँझ ५:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न ट्याक्टर चालक कमलामाई नगरपालिका–११ का ३५ वर्षीय वीरबहादुर जिम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.