अविरल वर्षापछि मकवानपुरका दुई प्रमुख सडकखण्डमा सवारी आवागमन रोक

मकवानपुर, असार २९ — अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि मकवानपुरका विभिन्न सडकखण्डमा उच्च जोखिम सिर्जना भएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुई प्रमुख सडकमा सवारी आवागमन अस्थायी रूपमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार यात्रुको सुरक्षा तथा सम्भावित दुर्घटना न्यूनीकरणका लागि हेटौंडा–भिमफेदी–देउराली–सिस्नेरी–काठमाडौं सडक र हेटाैँडा-ठिंगन-ललितपुर  सडकखण्डमा सवारी सञ्चालन रोकिएको हो। असार २९ गते साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालन बन्द गरिएको छ।

त्यसैगरी, हेटौंडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं सडकको चेकिटोल, हेटौंडा क्षेत्रमा असार २९ गते साँझ ५ बजेदेखि असार ३० गते बिहान ७ बजेसम्म सवारी आवागमन रोकिएको प्रशासनले जनाएको छ।

प्रशासनले सम्बन्धित सबै निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई जोखिमयुक्त सडकमा यात्रा नगर्न, सुरक्षित स्थानमा रहन तथा मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचना निरन्तर पालना गर्न अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.