अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सुदर्शन खतिवडालाई हेटौँडामा सम्मान

हेटौँडा । अजरबैजानको बाकुमा सम्पन्न इण्टरनेशनल बुडो मार्सल आर्ट च्याम्पियनसिप–२०२५ मा पदक जित्न सफल हेटौँडा उपमहानगरपालिका–१८ का खेलाडी सुदर्शन खतिवडालाई सम्मान गरिएको छ।

मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी (IKO Union) मकवानपुरको आयोजनामा मंगलबार जिल्ला खेलकुद विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले खतिवडालाई नगद २५ हजार १२५ रुपैयाँ र सम्मानपत्र प्रदान गरिन्।

प्रतिभाशाली खेलाडी खतिवडाले सो प्रतियोगितामा करातेतर्फ स्वर्ण र किकबक्सिङ्गतर्फ काँस्य पदक हात पारेका थिए। जुलाई २६ देखि २८ तारिखसम्म सम्पन्न प्रतियोगितामा विभिन्न देशका खेलाडीहरूको सहभागिता थियो।

उनको उत्कृष्ट प्रदर्शनले आयोजक र दर्शकहरूको ध्यान तानेको भन्दै आयोजकले प्रशंसा गरेका छन्। लामो समयदेखि कराते र किकबक्सिङ्ग अभ्यासमा सक्रिय खतिवडाले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरिसकेका छन्।

नगर प्रमुख लामाले खतिवडाले पदक जितेर हेटौँडाको मात्र नभई सम्पूर्ण नेपालको गौरव बढाएको बताउँदै आगामी दिनमा अझै उज्ज्वल भविष्यको शुभकामना दिइन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.