मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११, थानाभर्याङमा मंगलबार एक दुःखद दुर्घटना भएको छ। ट्रक सफा गर्ने क्रममा सहचालक फुलकान्त थारुको ज्यान गएको हो।
प्रहरीका अनुसार ना.७ ख.७०१८ नम्बरको ट्रक रोकिराखिएको अवस्थामा थारु अगाडिको सिसा सफा गरिरहेका थिए। सोही बेला चालकले अचानक गाडी चलाउँदा ट्रक अगाडि पार्क गरिएको अर्को ना.६ ख.४२८९ नम्बरको ट्रकमा ठोक्किन पुग्यो। यस क्रममा च्यापिएर २३ वर्षीय थारुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
घटनापछि प्रहरीले दुवै ट्रकका चालकहरू—पर्साको ठोरी गाउँपालिका–१ का एकराज तिमिल्सेना र उदयपुरका भविस तामाङलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिकृया दिनुहोस्






















































