‘नथिङ फोन ४ए प्रो’ नेपाली बजारमा, प्रि–बुकिङमै स्मार्ट घडी उपहार

नथिङ कम्पनीको नयाँ स्मार्टफोन नथिङ फोन ४ए प्रो नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोबाइल्स ले सोमबारदेखि अग्रिम बुकिङ खुला गर्दै मंगलबारदेखि बिक्री सुरु गर्ने जनाएको छ।

यो फोन १२ जीबी र्‍याम र २५६ जीबी भण्डारण क्षमतामा उपलब्ध रहेको छ, जसको मूल्य ८६ हजार ९९९ रुपैयाँ तोकिएको छ। अग्रिम बुकिङ गर्ने पहिलो १५० ग्राहकले १४ हजार ९९९ रुपैयाँ बराबरको सीएमएफ वाच ३ प्रो निःशुल्क प्राप्त गर्नेछन्।

फोनमा १२० हर्ज रिफ्रेस दरसहितको ६.८३ इन्च एमोलेड पर्दा रहेको छ, जसलाई गोरिल्ला ग्लास ७आई ले सुरक्षित बनाएको छ। एन्ड्रोइड १६ मा आधारित नथिङ ओएस ४.० मा सञ्चालन हुने यस फोनमा क्वालकम स्न्यापड्रागन ७ जेन ४ जडान गरिएको छ।

फोटोग्राफीका लागि ५० मेगापिक्सेलको सोनी एलवाईटी–७००सी मुख्य क्यामेरा, ५० मेगापिक्सेलकै सामसङ जेएन५ पेरिस्कोप टेलिफोटो लेन्स (३.५ गुणा जुम), ८ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा र ३२ मेगापिक्सेलको अगाडिको क्यामेरा उपलब्ध छ।

५०८० एमएएच क्षमताको ब्याट्री र ५० वाट द्रुत चार्जिङ सुविधाले फोनलाई लामो समयसम्म प्रयोग गर्न सकिने बनाउँछ। डिजाइनतर्फ एल्युमिनियम फ्रेम, आईपी६५ सुरक्षा मापदण्ड र नथिङको ‘ग्लाइफ म्याट्रिक्स’ डिजाइनले फोनलाई आकर्षक बनाएको छ।

कनेक्टिभिटीका लागि फाइभजी, ब्लुटुथ ५.४, वाइ–फाइ ६ई र एनएफसी जस्ता आधुनिक सुविधा समावेश गरिएका छन्।

यो फोन प्रिमियम डिजाइन र शक्तिशाली कार्यसम्पादनको संयोजनका रूपमा बजारमा आएको छ, जसले नेपाली स्मार्टफोन बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.