नेकपा (एकीकृत समाजवादी) मकवानपुरमा चौथो वार्षिकोत्सव मनाइयो

हेटौंडा । नेकपा (एकीकृत समाजवादी)ले हेटौंडामा चौथो वार्षिक पार्टी स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । जिल्ला कमिटी मकवानपुरको आयोजनामा सोमबार हेटौंडा–४ स्थित पार्टी कार्यालयमा विचार गोष्ठी राखी स्थापना दिवस मनाइएको हो ।

गोष्ठीमा पार्टीभित्र देखिएको आन्तरिक गुटबन्दी र अनेकता हटाई एकताबद्ध रूपमा अघि बढ्नुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

कार्यक्रम जिल्ला अध्यक्ष विष्णु दाहालको सभाध्यक्षता र पार्टीका केन्द्रीय सदस्य राजाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य यादव गजुरेल, बागमती प्रदेश सदस्य माधव तिमल्सिना, रामेश राई, कल्पना विश्वकर्मा, जिल्ला उपाध्यक्ष धु्रव भुजेल, सचिव किशोर बर्तौला, नगर अध्यक्ष विष्णुमाया लामा, रघुप्रसाद आचार्य, शिशिर पराजुली लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.