न्वागी (छोनाम) पर्वको अवसरमा मुख्यमन्त्री बानियाँद्वारा शुभकामना

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले चेपाङ समुदायको महान पर्व न्वागी (छोनाम), २०८२ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण चेपाङ दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री बानियाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको देश भएकाले चेपाङ समुदायको संस्कृति राष्ट्रिय संस्कृतिको महत्त्वपूर्ण अङ्ग रहेको बताए। उनले न्वागी पर्वले सामाजिक सद्भाव, राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गर्दै समाजवादको लक्ष्य हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

उनले बागमती प्रदेश सरकारले प्रदेशभित्र बसोबास गर्ने सबै जातजातिका मौलिक संस्कृति संरक्षण, प्रवर्द्धन र विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.