नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले पार्टीभित्र सबै प्रकारको सीमा र दायरा भत्काउँदै प्रश्न गर्न र उतmर खोज्ने बेला आएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीभित्रका दायरा भत्काउँदै प्रश्न गर्ने र उत्तर खोज्नेतर्फ लाग्न आग्रह गरेका हुन् ।
समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थाल्नुपर्नेमा उनको जोड छ । उनले भने– समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ ।विज्ञानले प्रश्नको र भक्तले भगवानको माग गर्छ । हामी विज्ञानको पक्षधर हौँ कि भगवानको ? स्पष्ट बनौँ ।
प्रतिकृया दिनुहोस्






















































