अपराधी र हत्याराहरूले पानीमुनी वा पृथ्वीभरि जहाँसुकै पुगे पनि उन्मुक्ति पाउने छैनन् : सूर्य थापा

काठमाडौं। नेकपा एमालेका पोलिटव्यूरो सदस्य सूर्य थापाले अपराधी र हत्याराहरूले पानीमुनी वा पृथ्वीभरि जहाँसुकै पुगे पनि उन्मुक्ति नपाउने चेतावानी दिएका छन ।

सामाजिक सञ्जालमा लेख्दै थापाले चुनाव फोबिया’ भएको सरकारले नै चुनाव गराउने कुरा असम्भव रहेको बताएका र अनिर्वाचित, मनोनित र असंवैधानिक प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल चुनाव गराउने प्राणी नै नभएको दाबी गरेका छन् ।

‘यिनका कामको फेहरिस्तले बताउँछ चुनाव फोबिया । चुनाव गराउने मती भए पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुलाई पक्राउ गर्न गैह्र कानुनी आदेश दिने थिएनन्’ थापाले लेखेका छन्, ‘लोकतन्त्रमा हुल अफ ल किमार्थ स्विकार्य छैन ।’

थापाले कानुनविपरित चल्नेहरुलाई जनताले मंसिर नलाग्दै घिसारेर कहाँ पुर्‍याउँछन् भन्ने हेक्का राख्न चेतावनी दिएका छन् । सार्वजनिक, व्यक्तिगत सम्पती, पार्टी कार्यालयमा आगजनी, तोडफोड र ध्वंस्स गर्नेहरुले जहाँसुकै भए पनि उन्मुक्ति नपाउने उनले दाबी गरेका छन् । यस्ता अपराधीहरुलाई राज्ले कानुन बमोजिम कार्यबाही नगरे टोलटोलबाट जनकारबाही गरिने थापाले चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.