७० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण

मकवानपुर। मकवानपुरको हेटौडामा सुरक्षा र शिक्षा परियोजना अन्तर्गतको समुदायक बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन । आर्थिक आ.व. २०८२÷०८३ को नारी संरक्षण केन्द्रमा सुरक्षा र शिक्षा परियोजना अन्तर्गत मंगलबार ७० जनालाई सामाग्री वितरण गरेका हुन ।

आर्थिक बर्ष २०८२–८३ को दोस्रो चरणमा सैक्षिक सामाग्री वितरण गरेको नारी संरक्षण केन्द्रले जानकारी दिए ।सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा छनोट गरी सो सहभागीहरुलाई तालिममा सहभागी गराएको सस्थाका संयोजक अस्मिता प्रजाले बताए ।

कक्षा नर्सरीदेखि १२ सम्म रहेका विधार्थीलाई विगतका वर्षदेखि नै सहयोग प्राप्त गरिदै आएको सस्थले जाकारी दिए । यस वर्षको दोश्रोपटक सैक्षिक सामाग्री वितरण नारी संरक्षण केन्द्रका अध्यक्ष दिपा कुमारी गुरुङको अध्यक्ष भएको र हेटौडा उपमहानगरपालिका वडा न. ४ का अध्यक्ष श्री नविन सिग्देलको प्रमूख आथित्यमा सैक्षिक सामग्री वितरण गरिएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.