हेटौंडा । जेनजी आन्दोलनको क्रममा तोडफोड तथा आगजनीमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा हेटौंडा उपमहानगरपालिका–११, नवलपुर बस्ने सुशिल पौडेलको घरमा आगजनी र तोडफोड गरेको अभियोगमा सोही ठाउँका ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उनीहरूविरुद्ध आपराधिक उपद्र तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको बताइएको छ ।
त्यसै गरी सोही दिनको आन्दोलनकै क्रममा बागमती प्रदेश सभा सचिवालयको भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनमा तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ ।
प्रतिकृया दिनुहोस्






















































