मकवानपुरको राक्सिराङ गाउँपालिकामा एकजना पुजारीमाथी गोली प्रहारगरि हत्या

मकवानपुरको राक्सिराङ गाउँपालिकामा गोली प्रहार गरेर एकजना पुजारीको हत्या भएको छ ।

शुक्रबार बिहान करिब ९ बजेको समयमा राक्सिराङ गाउँपालिका १ कोलगैरीका ६४ वर्षीय ठूले गोलेलाई गोली प्रहार गरी हत्या गरेका हुन् । बिहान ९ बजेर ५२ मिनेटतिर भएको घटनामा गोलेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

गोलेमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले ७५ वर्षीय इमान सिंह थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि खटिएको प्रहरी टोलीले उनको साथबाट एक थान कटुवा पेस्तोल, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, एक थान खोका र १९० ग्राम गन पाउडर बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार पुरानो रिसईबीका कारण थोकरले गोलेलाई गोली हानेको प्रहरीको भनाइ छ।

घटनाको जानकारी पाए लगतै सादा पोशाकसहितको प्रहरी टोलीले थोकरलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.