मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहले सरकारविरुद्ध सोमबारदेखि माइतीघर मण्डल र देशभर शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ। जेन–जी आन्दोलनपछि बनेको सरकारले प्रतिबद्धता अनुसार काम नगरेको आरोप लगाउँदै समूहले ७ बुँदे माग अघि सारेको छ, जसमा भ्रष्टाचार छानबिन आयोग गठन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेका नेपालीलाई मताधिकार, आन्दोलनलाई राजनीतिक मान्यता, सहिद–घाइतेको व्यवस्थापन, दमनका घटनाको निष्पक्ष छानबिन र प्रदेश सरकारको खर्च घटाउँदै पुनर्संरचना प्रमुख छन्।
प्रतिकृया दिनुहोस्






















































