२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम पूरा भएको छ।
निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिकतर्फ दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइ सम्पन्न गरिएको हो। सोमबार उक्त कार्य सकिएसँगै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ प्रक्रिया सुरु गरिएको आयोगले जनाएको छ।
जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले समानुपातिकतर्फको काम सकिएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ थालिएको जानकारी दिए। उनका अनुसार केन्द्रले यसअघि १० लाख ९८ हजार २०० थान नमुना मतपत्र छपाइ गरी निर्वाचन आयोगलाई बुझाइसकेको छ।
ती नमुना मतपत्रहरू मतदाता सचेतना कार्यक्रम तथा अन्य प्रयोजनका लागि प्रयोग भइरहेको आयोगले जनाएको छ।
प्रतिकृया दिनुहोस्






















































