ग्याल्पो ल्होसार र प्रजातन्त्र दिवसका अवसरमा दुई दिन सार्वजनिक बिदा

सरकारले फागुन ६ र ७ गते सार्वजनिक बिदा दिएको छ। २०८२ सालको सार्वजनिक बिदासम्बन्धी सूचना २०८१ फागुन ११ गते राजपत्रमा प्रकाशित निर्णयअनुसार बुधबार ग्याल्पो ल्होसार तथा बिहीबार प्रजातन्त्र दिवसका अवसरमा देशभर बिदा हुने भएको हो।

शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारका अवसरमा फागुन ६ गते बिदा दिइएको हो भने २००७ साल फागुन ७ गते जहाँनिया राणा शासन अन्त्य गरी प्रजातन्त्र घोषणा गरिएको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.