अध्यादेश विवादमा महावीर पुनको समर्थन: “सरकारलाई काम गर्न देऊ”

काठमाडौं — सरकारले एकैपटक विभिन्न अध्यादेश सिफारिस गरेपछि राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ। विपक्षी दलहरूले यस कदमलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गरिरहेका छन् भने स्वतन्त्र सांसद महावीर पुन भने सरकारको बचाउमा उत्रिएका छन्।
प्रतिनिधिसभाका सदस्य पुनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारलाई काम गर्न दिनुपर्ने बताएका छन्। अनावश्यक राजनीतिक अवरोधका कारण देशको विकास प्रभावित हुने भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। “सरकारले अध्यादेश ल्याएरै भए पनि काम गर्नैपर्छ। कुविद्वानहरूले किचकिच नगरौँ,” उनले लेखेका छन्।
पुनले विगतमा आफूले भोगेका प्रशासनिक तथा कानुनी जटिलताहरूको पनि स्मरण गरेका छन्। जनहितका काम अघि बढाउन खोज्दा विद्यमान ऐन–कानुनकै कारण योजना कार्यान्वयनमा समस्या आएको उनको अनुभव छ। मन्त्रालयहरूले पटक–पटक “कानुनी जटिलता” देखाउँदै विकासका काममा अवरोध सिर्जना गर्ने प्रवृत्तिप्रति उनले असन्तोष जनाएका छन्।
विशेषगरी आफू शिक्षामन्त्री हुँदा अघि बढाउन खोजिएका केही महत्वपूर्ण योजना प्रक्रियागत अल्झन र कानुनी व्याख्याका कारण रोकिएको पुनको भनाइ छ। यस्तो अवस्थाले विकास प्रक्रियामा ढिलाइ हुने भएकाले आवश्यक परे अध्यादेशमार्फत पनि काम अघि बढाउनुपर्ने उनको तर्क छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.