कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका अनुसार नतिजा प्रकाशनसँग सम्बन्धित अधिकांश काम अन्तिम चरणमा पुगेका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको काम सम्पन्न भइसकेको जानकारी दिँदै अहिले इन्ट्री तथा रुजुको काम भइरहेको बताइन्।

उनका अनुसार नतिजा प्रकाशनका लागि सबै प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ। सम्भवतः असारको पहिलो हप्ता नभए दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिइन्।

गत वैशाख १४ गतेदेखि सञ्चालन भएको कक्षा १२ को परीक्षामा देशभरबाट करिब ४ लाख १८ हजार विद्यार्थी सहभागी भएका थिए। अब सबैको ध्यान नतिजा प्रकाशनतर्फ केन्द्रित भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.