प्रदीप पौडेल ले पार्टीका नेता तथा कार्यकर्तालाई क्रियाशील सदस्यता समयमै अद्यावधिक गर्न आग्रह गरेका छन्।
बुधबार विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ गते राति १२ बजे समाप्त हुन लागेकाले हालसम्म प्रक्रिया पूरा नगरेका सदस्यलाई तत्काल अद्यावधिक गर्न अनुरोध गरेका हुन्।
पौडेलका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये ४ लाख ५७ हजार ३६६ जनाले सदस्यता अद्यावधिक गरिसकेका छन्। साथै, १ लाख २४ हजार ७४८ सदस्यले अद्यावधिक फारम पेस गरी प्रक्रिया अगाडि बढाइरहेका छन्।
नेपाली कांग्रेसले पार्टीको आन्तरिक प्रणालीलाई थप प्रविधिमैत्री बनाउने तथा वास्तविक सदस्यहरूको एकीकृत तथ्याङ्क तयार गर्ने उद्देश्यले सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिरहेको जनाएको छ।
प्रतिकृया दिनुहोस्
























