मेसी बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता : अर्जेन्टिना नकआउट चरणमा

साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप फुटबलको अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। समूह ‘जे’ अन्तर्गत डलासमा गएराति सम्पन्न खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी नायक बने। उनले खेलमा दुई गोल गर्दै टोलीलाई जित दिलाउनुका साथै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत कायम गरे।

३९ वर्ष पुग्न लागेका मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याएका छन्। यसअघि जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजे को नाममा रहेको १६ गोलको कीर्तिमानलाई उनले पछि पारेका हुन्।

मेसीले खेलको ३८औँ मिनेटमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि इन्जुरी समयको अन्तिम मिनेटमा अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

यद्यपि खेलको सुरुमै उनले कीर्तिमान बनाउने अवसर गुमाएका थिए। आठौँ मिनेटमा अष्ट्रियाका स्टेफन पोस्चले फउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। तर मेसीको प्रहार पोस्टबाहिरिएपछि गोल हुन सकेन।

यसअघि अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गरेका मेसीले प्रतियोगिताका दुई खेलमा पाँच गोल गरिसकेका छन्। उत्कृष्ट लयमा रहेका उनी अर्जेन्टिनाको उपाधि यात्राका प्रमुख आधार बनेका छन्।

सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका मेसी अहिले आफ्नो छैटौँ विश्वकप खेलिरहेका छन्। अर्जेन्टिनाका लागि उनले हालसम्म २०१ अन्तर्राष्ट्रिय खेलमा १२१ गोल गरिसकेका छन्।

विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा अब मेसी पहिलो स्थानमा पुगेका छन् भने १६ गोलसहित मिरोस्लाभ क्लोजे दोस्रो स्थानमा रहेका छन्। मेसीको उत्कृष्ट प्रदर्शनसँगै अर्जेन्टिना उपाधि रक्षा अभियानमा थप बलियो देखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.