प्रकाशकीय : हामी हरेक समाचारलाई विशेष बनाउँछौँ

प्रिय पाठकवृन्द,

मकवानपुरको हेटौँडाबाट आजदेखि हामीले अनलाइन समाचार पोर्टल ‘विशेष पोष्ट डटकम’ (www.bisheshpost.com) को सुरुवात गरेका छौँ । यो हाम्रो लागि मात्र होइन, हरेक समाचारप्रेमी, सचेत नागरिक र सत्यको खोजी गर्ने पाठकका लागि पनि एउटा नयाँ कदम हो। विश्वका जुनसुकै कुनाबाट पनि यो पोर्टल सहजै हेर्न सकिने सुविधा उपलब्ध गराइएको छ।

“हामी हरेक समाचारलाई विशेष पोष्ट बनाएर पोष्ट गर्छौँ” – यही हाम्रो मूल धारणा हो। तर, हामी केवल ठूला घटना र औपचारिक समाचारमै सीमित हुने छैनौँ।
हाम्रो कलमले भुईँमान्छेका कथा, दबिएका आवाज र सम्बोधन नगरिएका पीडालाई पनि सार्वजनिक गर्नेछ। शक्तिशालीका चम्किला खबर मात्र होइन, जनजीवनका अव्यक्त वेदना र संघर्षलाई पनि विशेष ध्यानपूर्वक प्रस्तुत गर्नेछौँ।

bisheshpost.com मा तपाईंहरूले पाउनुहुने सामग्रीहरू:

राष्ट्रिय तथा स्थानीय ताजा समाचार
राजनीति, समाज, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य र विकाससम्बन्धी लेख तथा रिपोर्ट
साहित्य, कला, संस्कृति, खेलकुद र मनोरञ्जन
प्रविधि, युवापुस्ताको चासो, रोजगारी र अवसरका कथा
अन्तर्वार्ता, विचार र विश्लेषण
स्थानीय भुईँमान्छेका आवाज र प्रेरणादायी जीवन–कथाहरू

हामीलाई थाहा छ, पत्रकारिता भनेको केवल समाचार लेख्ने काम मात्र होइन; यो विश्वास दिलाउने र आवाज दिने माध्यम पनि हो। त्यसैले, निष्पक्षता, सत्यता र जिम्मेवारी हाम्रो पहिलो प्राथमिकता हुनेछ।

यस नयाँ यात्रामा पाठक, विज्ञ, लेखक र शुभेच्छुकहरूबाट निरन्तर सहयोग, सुझाव र प्रेरणाको अपेक्षा गर्दछौँ। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो।
धन्यवाद !

प्रकाशकको तर्फबाट
सन्देश थिङ
विशेष पोष्ट डटकम

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.