हेटौंडा । मंगोल नेशनल अर्गनाइजेसन बागमती प्रान्तीय सभाको आयोजनामा आगामी असोज ९ गते हेटौंडामा बृहत सभा हुने
आयोजकले बताएको छ। मकवानपुरको हेटौंडामा हेटौडा १० भुटनदेवी चौरमा बृहत् मंगोल अधिकार सभा कार्यक्रम हुने अर्गनायजेसनका जिल्ला सह सचिब सुजन थिङले बताए ।

मुलबासी मंगोलहरुको अधिकारलाई राज्यले गुमनाम बनाएको कारण उक्त कार्यक्रम मार्फत राज्यलाई चेतावनी दिने र कार्यक्रम देशको ७ वटै प्रदेशमा एकै दिन संचालन हुने मंगोल नेशनल अर्गनाइजेसनको जिल्ला सह सचिब थिङले बताएका छन ।
देशमा लोकतन्त्र घोषणा भइसक्दा पनि राज्यले मंगोल नेशनल अर्गनाइजेसनलाई रोक्न अझैपनी बिभिन्न षड्यन्त्र हरु रचिरहेको कारण अब कुनैपनी हालतमा मंगोल नेशनल कुनै षड्यन्त्रले फेल नहुने र जितको नजिक आइसकेको कारण सधैभरी मंगोल नेशनल अर्गनाइजेसनलाई नजिस्काउन यसै सभा मार्फत जानकारी गराउने उद्देश्य रहेको समेत बताए ।




































