डा. भट्टराईले भने ‘उखु किसानहरूको मूल्य तोकिनु पर्छ’

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मंगलबार उखु किसानहरूको आन्दोलनमा सहभागी हुन माइतीघर मण्डला पुगेर उखु किसानहरूको मूल्य तोकिनुपर्ने बताए । पहिले त उखु किसानसहित भएर मूल्य तोक्नुपर्‍यो तर, हाम्रोमा सकेसम्म मूल्य नै नतोक्ने तोकियो भने पनि एक पक्ष मिलेर तोक्ने,’ भट्टराईले भने, ‘अझ भन्दा सरकार र बिचौलिया मिलेर तोक्ने र उनीहरूले नै विभिन्न बाहनामा वर्ष दिनसम्म अड्काएर राख्ने ।’

भट्टराईले भने देशको उद्योगलाई ध्वस्त पारेर बाहिरबाट कालोबजारीमा चिनी ल्याएर बेच्नका लागि कमिसन खाएर महँगोमा बेच्ने गरेको बताए ।

‘राजनीतिक दलका नेताहरू, सरकारहरूले के गरे भने, आफ्नो देशको उद्योगधन्दालाई ध्वस्त पारेर बाहिरबाट चोरिबजारी गरेर ल्याउने र यहाँ कमिसन खाएर महँगोमा जनतालाई बेच्ने गरेका छन्,’ उनले भने, ‘हाम्रा किसानले उत्पादन गरेको उखु भएन भन्ने, अनि फ्याक्ट्रीहरू पनि बन्द गर्ने काम भइरहेको छ । राज्यबाट उल्टै उनीहरूले जनता र राज्य दुवैलाई ठग्ने काम भइरहेको छ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.