हेटौंडामा तीजका अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण

हेटौंडा । हरितालिका तीजको अवसरमा मंगलबार हेटौंडा–४ स्थित पशुपति मन्दिर परिसरमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल मकवानपुरले निःशुल्क हेल्थ डेस्क संचालन गरेको छ।

बिहान ७:३० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको उक्त हेल्थ डेस्कमार्फत ब्रत बसेर पूजाआजा गर्न आउने महिलाहरूलाई लक्षित गरी स्वास्थ्य परीक्षण तथा औषधि वितरण सेवा प्रदान गरिएको थियो।

हेल्थ डेस्कमार्फत सुगर परीक्षण, रक्तचाप जाँच र आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको महासंघले जनाएको छ। ब्रतको दिन खाली पेट बस्दा देखिन सक्ने स्वास्थ्य समस्या र असहजतालाई मध्यनजर गर्दै यस्तो सेवा उपलब्ध गराइएको हो।

कार्यक्रमका क्रममा जम्मा २६७ जनाले स्वास्थ्य सेवा लिएको महासंघ मकवानपुरका अध्यक्ष उत्सब चौलागाईंले जानकारी दिए। उनका अनुसार तीज विशेषमा विशेष गरी ब्रत बस्ने महिलाको स्वास्थ्यलाई प्राथमिकता दिँदै हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आइएको छ।

हेल्थ डेस्कमा बागमती प्रदेश सचिव सुशिल आचार्य, जिल्ला उपाध्यक्ष लक्ष्मी पौडेल र सानी मोक्तान, हेटौंडा नगर अध्यक्ष कुसुम श्रेष्ठ लगायतका स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.