हेटौँडामा विपि जयन्ति अवसरमा काङ्ग्रेस महामन्त्री थापा आउने

हेटौंडा । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको जयन्ति दिवसको अवसरमा हेटौँडामा बृहत कार्यकर्ता भेला हुने भएको छ । कार्यक्रमलाई सम्बोधन गर्न नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा आउने भएको हो।

आज पत्रकार सम्मेलन गर्दै प्रदेश सभा क्षेत्र नं. १ (ख) समितिको आयोजनामा हुन लागेको कार्यक्रमबारे आयोजकले जानकारी दिए। क्षेत्रीय सभापति राजेश बानियाँले भदौ २४ गते मंगलबार हुने भेलामा पार्टीका केन्द्रदेखि स्थानीय तहसम्मका करिब दुई हजार प्रतिनिधिहरुको उपस्थितिको अपेक्षा गरिएको जानकारी दिए ।

महामन्त्री गगन कुमार थापाले देशको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको वर्तमान भूमिका, लोकतन्त्रको सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे कार्यकर्ताहरूसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम रहेको पनि सभापति बानियाँले बताए ।

विपी कोइरालाको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्य–मान्यतालाई पुनः स्मरण गर्ने अवसरका रूपमा उपयोग हुने काङ्रेस जिल्ला सभापति बुद्व लामाले बताएका छन ।

कार्यक्रममा प्रदेश र जिल्ला स्तरका नेताहरू, जनप्रतिनिधि, भ्रातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधिहरूको सहभागिता रहने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.