काठमाडौंमा जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । काठमाडौं मेडिकल कलेज, सिनामंगलमा थप एक जनाको मृत्यु भएपछि सोमबार भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार, मृतकलाई थप उपचारका लागि अस्पताल पुर्‍याइएको थियो, तर ज्यान जोगाउन सकिएको छैन। त्यस्तै, अहिले २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ।

यसअघि सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भइसकेको थियो। मृतक सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए।

प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि स्थिति थप हिंसात्मक बनेको छ। सोही कारण दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.