काठमाडौं । अन्दोलनमा नेपाल प्रहरीको गोली लागेका मृतकका आफन्तले शव पोस्टमार्टम गर्न नदिने बताएका छन ।
आन्दोलनका क्रममा गत सोमबार र मंगलबार मृत्यु भएका आफन्तहरुले पोस्टमार्टम गर्न नदिने बताएका हुन।
नयाँ बानेश्वरमा नेपालप्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रसिक खतिवडाकी आमा रचना खतिवडाले आफ्नो छोराको पोस्टमार्टम गर्न नदिने बताइन् ।हाम्रो छोराको छातीमा गोली हानेर मारिएको छ । मृत्युको कारण प्रहरीको गोली हो भन्ने थाहा हुँदाहुँदै मेरो छोरालाई चिर्न दिँदैनौं,’ रचनाले भनिन् ।
अन्दोलनमा मृत्यु भएका सन्तोष विकका आफन्तले समेत पोस्टमार्टम गर्न नदिने बताएका छन । ‘पोस्टमार्टम मृत्युको कारण पत्ता लगाउन हो । प्रहरीले गोली हानेर मारेको थाहा हुदाँहुँदै किन पोस्टमार्टम गर्नु,’ भोलाले भने ।
उनले सबै मृतकका आफन्तहरू एकजुट भएर पोस्टमार्टम गर्न नदिने पक्षमा रहेको बताए । टिचिङ अस्पतालका अनुसार मृतकका आफन्तहरूको सहमतिमा मात्रै पोस्टमार्टम गर्ने जनाएको छ । मृतकका आफन्तहरूको स्वीकृति लिएर मात्रै पोस्टमार्टम गरिने र नचाहेको खण्डमा नगर्ने अस्पतालले जनाएको हो ।






















































