मकवानपुर। अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीले शपथ ग्रहण गरिसकेपछि मेयर हर्क साम्पाङले जेनजीहरुलाई तपाईंहरूको मतको कदर नभएको बताएका छन । उनले भने लु है जनजी तपाइँहरुको मतको कदर भएन , बिचार गर्नु अब के गर्ने हो भनेर प्रस्न समेत गरेका हुन ।
आज शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।यससँगै पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् ।
जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेसँगै कार्की देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कार्की पूर्वप्रधानन्यायाधीश समेत हुन् । गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीको गोली लागेर कम्तीमा १९ जना युवाको मृत्यु भएपछि २४ गते आक्रोशित समूहले देशभर प्रदर्शनसहित आगजनी र तोडफोड गरेको थियो ।




































