हेटौंडा । बागमती प्रदेश सभामुख भुवन कुमार पाठकले राजीनामा दिएका छन् । उनले आधिकारिक रूपमा आज प्रदेश सभाका उपसभामुखलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।
“राष्ट्र रोइरहेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु अनुचित हुन्छ भन्ने अनुभूति भयो,”
पाठकले भाद्र २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा गर्ने घोषणा गरेका थिए तर प्राविधिक कारणले तत्काल कानुनी प्रक्रिया पूरा गर्न नसकेको स्पष्ट गरेका छन् ।
पाठकले जेन–जी आन्दोलनको क्रममा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग भई युवाहरूले ज्यान गुमाउनुपरेपछि आफू भावविह्वल बनेको उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस्






















































