मकवानपुर। हरी मिजार र धिरज ढकालको स्वरमा ह्याप्पी तिहार बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर मुभिज युट्युव च्यानलबाट सार्वजनिक सो गीत मिजारले लेखेका हुन् ।
ह्याप्पी तिहारमा एरेन्ज र कम्पोज अमृत लोहागुनले गरेका छन् । किङ आयुष, सम्झना रानाभाट र मोनिका तामाङको नृत्य रहेको म्युजिक भिडियोमा अजित मग्रान्तीले क्यामरामा सहयोग गरेका छन् ।
गीतमा भुवन गन्दर्भले मादल बजाएका हुन् भने रत्न विकले बासुरी बजाएका छन् । म्युजिक भिडियोमा मिजार र ढकालसहित मदन जङ्ग गम्भीर, अर्जुन मिजार, पुरुषोतम सापकोटा, राजेश गजमेर, कबिन मगर लगायतकाको अभियन रहेको छ ।
–हेर्नुहोस् भिडियो :
प्रतिकृया दिनुहोस्



































