मकवानपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । पार्टिका महासचिव विप्लवले आज विज्ञप्ति मार्फत समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् ।
विप्लवले भनेका छन् जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमै व्यापक फेरबदल र सबै नयाँ खालका एकता र मोर्चाबन्दमा सहभागी बन्दै छन् । आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौ ।
२०८० सालमा नेपालका चार पार्टी सहभागी समाजवादी मोर्चा निर्माण गरेका थियौँ । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध सङ्घर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्त्वपूर्ण कार्यक्रमहरू पनि गर्यो । तर जुन रफ्तारमा कामहरू बढाउनु पर्ने थियो त्यो सम्भव बनेन उनले भने ।























































