मधेशका सभामुख मण्डलद्वारा पाँच प्रदेशसभा सदस्य पदमुक्त

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुभएको छ । लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित रहेका भन्दै उहाँले प्रदेशसभा सदस्यहरुलाई पदमुक्त गर्नुभएको हो ।

पदमुक्त गरिएका प्रदेशसभा सदस्यहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह तथा जनता समाजवादी पार्टीका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र शारदा शङ्करप्रसाद कलवार रहेका छन् ।

प्रदेशसभा सचिवालयले सूचना निकालेर नेपालको संविधानको धारा १८० (घ) र प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम पाँचै प्रदेशसभा सदस्यहरूको पद स्वतः रिक्त भएको जनाएको छ ।

सात वटा दलले हिजो सभामुख मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । कारबाहीस्वरुप सभामुख मण्डलले पाँच जना सांसदलाई पदमुक्त गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.