निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि दल दर्ता आह्वान गरेको हो ।
आयोगले आज (कात्तिक २८) गोरखापत्रमा छुट्टाछुट्टै सूचना प्रकाशित गरी चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो ।
प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय मंसिर १ देखि १० गतेसम्म तोकिएको छ । राष्ट्रियसभाका लागि मंसिर १ देखि ७ गतेसम्मको समय तोकिएको छ ।
आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक-फरक सूचना जारी गर्दै सो आह्वान गरेको हो ।
आयोगमा प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दल दर्ताको समय भने भोलिसम्मका लागि छ ।

प्रतिकृया दिनुहोस्






















































