३३ वर्ष यता विपद्का कारण विश्वभर कृषि क्षेत्रमा ३२ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको क्षति : एफएओ

सिरियाकाे सलामेयामा हिउँदे बाली लगाउने आशामा एक किसान आफ्नो सुक्खा जमिन निरीक्षण गर्दै । एफएओ/बायन क्सिबी
सिरियाकाे सलामेयामा हिउँदे बाली लगाउने आशामा एक किसान आफ्नो सुक्खा जमिन निरीक्षण गर्दै । एफएओ/बायन क्सिबी

पछिल्ला ३३ वर्षमा विपद्का कारण विश्वभर कृषि क्षेत्रमा ३२ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि संस्था (एफएओ) ले जनाएको छ ।

प्रतिवेदन अनुसार विपद्का कारण वार्षिक औसत ९९ अर्ब डलर क्षति भइरहेको छ र यो विश्वव्यापी कृषि क्षेत्रको कुला गार्हस्थ्य उत्पादन (जीडीपी) को झन्डै ४ प्रतिशत हो ।

यो प्रतिवेदनले खडेरी र बाढीदेखि कीरा र समुद्री गर्मीको लहरसम्मका प्रकोपहरूले खाद्य उत्पादन, जीविकोपार्जन र पोषणमा कसरी बाधा पुर्‍याइरहेको छ भन्नेबारेमा चर्चा गरेको छ ।

प्रतिवेदन अनुसार सन् १९९१ देखि २०२३ सम्म विपद्का कारण ४ अर्ब ६ करोड टन अन्न, २ अर्ब ८० करोड टन फलफूल र तरकारी तथा ९० करोड टन मासु र दुग्धजन्य पदार्थ नष्ट भएको छ । प्रतिवेदन अनुसार सबैभन्दा धेरै क्षति एशिया महादेशमा पुगेको छ ।

‘कृषि तथा खाद्य सुरक्षामा विपद्को प्रभाव २०२५’ नामक प्रतिवेदनमा कृषि क्षेत्रमा पुगेको विपद्को क्षति न्यूनीकरण गर्नका लागि डिजिटल रूपान्तरण महत्त्वपूर्ण हुने उल्लेख छ ।

कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई), रिमोट सेन्सिङ, मोबाइल कनेक्टिभिटी, ड्रोन र सेन्सरको प्रयोगले विपद्को पूर्वानुमान लगाउन तथा सतर्क रहन सहयोग पुग्ने प्रतिवेदनको भनाइ छ ।एजेन्सी

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.