मंसिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेटमा आजदेखि प्लेअफका खेलहरु शुरू हुँदैछन् ।
दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुँदैछ ।
सुदूरपश्चिम रोयल्स अघिल्लो संस्करणको उपविजेता हो । यस्तै इलिमिनेटरमा भोलि दिउँसो ४ बजे काठमान्डु र लुम्बिनी खेल्दैछन् ।
पहिलो क्वालिफायर जित्ने टोली सीधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।
प्रतिकृया दिनुहोस्



































