भारत सरकारको सहयोगमा बिहार राज्यको रक्सौलदेखि नेपालको संघीय राजधानी काठमाण्डुसम्म रेलवे मार्गका लागि डिटेल्ड प्रोजेक्ट रिर्पोट(डीपीआर) तयार भएको छ ।
भारत रेलवेका अधिकारीहरुले जनाए अनुसार बिहार राज्यसित जोडिएको क्रसबोर्डर रक्सौल–काठमाण्डु रेल लिंकको लामो योजनाको डीपीआर तयार भएको छ । निर्माण पूर्व गरिने महत्वपूर्ण कार्य पूरा भएको बताउँदै अधिकारीले सन् २०२६ को पहिलो महिना जनवरीमा डीपीआर हस्तान्तरण गरिने जनाएका छन् ।
बिहारको रक्सौलदेखि काठमाण्डुसम्म रेलवेको सोझो सम्पर्क स्थापित हुने अधिकारीहरुले जनाएका छन् । यसले भारत र नेपालबीचको क्रस बार्डर सम्पर्कमा सुधार आउने छ । २५ हजार करोड भारतीय रुपैया बजेट रहेको रेलवे लाईन निर्माणपछि रक्सौलदेखि काठमाण्डुबीचको दूरी ३ घण्टामा सिमित हुनेछ । सडकमार्गबाट रक्सौलदेखि काठमाण्डुको दूरी हाल कम्तीमा ५ घण्टा रहेको छ ।
रेलले त्यसलाई ३ घण्टामा सिमि तगर्ने भारतीय अधिकारीहरुले जनाएका छन् । डीपीआर तयारीको अन्तिम चरणमा रहेको र जनवरीमा हस्तांतरण हुने बताउँदै अधिकारीहरुले भने, अब चाँडै ट्रयाक लेयिंग कार्यको टेण्डर हुने बताएका छन् । झण्डै ८० प्रतिशत कार्य कोंकन रेलवेले पुरा गरिसकेको अधिकारीहरुले जनाएका छन् ।






















































