नेपाली कम्युनिस्ट पार्टी हेटौंडा उपमहानगरपालिका समितिको एकता विस्तार बैठक सम्पन्न भएको छ। बैठक नेकपा माओवादी केन्द्रका नेता प्रदीप अर्यालको सभाध्यक्षतामा तथा संविधानसभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले लोकतान्त्रिक गणतन्त्रले आम जनतालाई राष्ट्रपतिदेखि प्रधानमन्त्री बन्ने अधिकार दिएको उल्लेख गर्दै कम्युनिस्टहरू एक भएर देश बचाउनुपर्ने समय आएको बताए। अब एकतापछि छुट्टाछुट्टै कार्यक्रम नगरी साझा रूपमा अघि बढ्ने उनले स्पष्ट पारे।
हेटौंडा–४ गर्दोईस्थित पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टीका ने
ता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्






















































