ओलीमाथि रविको कटाक्ष : पार्टीको चुनाव जिते झैँ आम चुनाव पनि जिते भइगो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनको पक्षमा रास्वपा सरकारसँग उभिने स्पष्ट पारेका छन्। जेलबाट रिहा भएपछि आइतबार पार्टीको केन्द्रीय कार्यालय वनस्थली पुगेका उनले जेनजीका माग पूरा गर्ने सर्तमा सरकारलाई साथ दिने प्रतिबद्धता जनाए।

उनले निर्वाचनमा जानुको विकल्प नरहेको दोहोर्‍याउँदै सुशासन स्थापना र जेनजीका माग सम्बोधन गर्दै चुनाव गराउन रास्वपा तयार रहेको बताए। तर यो समर्थन निशर्त नभएको उनको भनाइ छ।

लामिछानेले केही शक्तिहरूले निर्वाचन बिथोल्ने प्रयास गरिरहेको आरोप पनि लगाए।

पार्टीको चुनाव जिते झैँ आम चुनाव पनि जिते भइगो’, एमालेका अध्यक्ष केपी ओली लक्षित गर्दै उनले भने ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.