चुनावी प्रचार : एक उम्मेदवारलाई दुई गाडी, १० भन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न निषेध

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचारका क्रममा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने भएका छन्। निर्वाचन आचारसंहिता, २०८२ अनुसार एक उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिएर बढीमा दुईवटा सवारी साधन मात्र प्रयोग गर्न पाउने छन्। नियम उल्लंघन गरे कारबाही हुनेछ।

चुनावी प्रचारमा प्रयोग हुने सवारी साधन विदेशी नम्बर प्लेटका हुन नहुने पनि आचारसंहितामा उल्लेख छ। साथै, एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारले प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। अनुमति प्राप्त सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्नसमेत निषेध गरिएको छ।

 त्यस्तै, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ। आइतबार बसेको आयोगको बैठकले आचारसंहिता पारित गरेको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

आचारसंहिता अनुसार चुनावी प्रचारका क्रममा जुलुस, आमसभा, घरदैलो वा र्‍यालीमा बढीमा १० वटा राष्ट्रिय झन्डा मात्र प्रयोग गर्न पाइनेछ। साथै कुनै पनि धर्मको नाममा चुनावी प्रचार गर्न रोक लगाइएको छ।

पूर्णपाठ-

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.