“हेटौँडा सडक विस्तार मुद्दा लम्बिँदै, आइतबार पनि हेर्न नभ्याइनेमा”

हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन आइतबार पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइ तोकिए पनि मुद्दा अघि बढ्न सकेन।

यसअघि पनि असोज र पुसमा पटक–पटक पेसी तोकिएर सुनुवाइ स्थगित हुँदै आएको छ। सम्पत्तिको अधिकार र मुआब्जाको माग गर्दै विन्दवासिनी कंसाकारसहित ६ जनाले रिट दायर गरेका थिए। यस विषयमा सर्वोच्च अदालतले यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ।

२५ मिटर सडक विस्तारका क्रममा हेटौँडाको मुख्य बजार क्षेत्रमा पाँच सयभन्दा बढी घरटहरा भत्काइएपछि विवाद चर्किएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.