बागी दृष्टिकोणले खबरदारी गरिरहने नेता बनस्तम थिङ प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिस

मकवानपुर। पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । १५ वटा विभिन्न दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को शुक्रबार हेटौँडामा बसेको बैठकले युवापुस्ताका लोकप्रिय युवा नेता थिङलाई प्रतिनिधि सभा सदस्यमा मकवानपुर–२ बाट उम्मेदवारमा सिफारिस गरेको हो ।

कम्युनिस्ट बिचार, दृष्टिकोणका साथ आन्दोलनको अग्रमोर्चामा सधैं देखिरहने परिचित युवा नेता बनस्तम थिङलाई आसन्न निर्वाचनको लागि युवा उम्मेदवारको रुपमा सिफारिस गरिएको छ। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका युवा नेता बनस्तम थिङ हाल नेपाली नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश सदस्यको जिम्मेवारीमा छन् ।

राज्यप्रती सधै बागी दृष्टिकोणले खबरदारी गरिरहने बनस्तम थिङ एक निडर,तार्किक प्रष्ट र जनपक्षधर युवा नेताका रूपमा परिचित छ्न । सामाजिक समानताको वकालत गर्दै अन्याय र विभेदका बिरुद्ध बोलिरहने थिङ जनतामाझ आफ्नो पहिचान मजबुत बनाइसकेका युवा नेता भएको बताएका छन ।थिङ निजि सम्पतिको सवालमा आफ्नै नेताहरुको सम्पती शुद्धिकरण हुनुपर्छ भनेर आवाज उठाईरहने युवा नेता हुन ।

उन्मुक्त पुस्ताको अभियान चलाउदै जातीय विभेदविरुद्ध निरन्तर आवाज उठाउँदै आएका उनले देशका विभिन्न स्थानमा भएका विभेदविरुद्धका आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका छन् । सामाजिक न्याय,समानता र जनअधिकारका विषयमा उनी सदैव स्पष्ट र अडिग रहने व्यक्तिका रूपमा परिचित छन ।

पश्चिम मकवानपुर जनताले बिपतमा आफ्नो र अरुको नहेरी बिपन्न परिवारका छोराछोरी भर्ना गर्न स्कुल कलेजको प्रशासन कक्ष,कहिले प्रहरी कार्यलयमा भरिया भेट्न हिरासतको ढोका र कहिले बिपन्न नागरिकहरुको औषधि उपचारको लागि प्राय हस्पिटलको काउण्टर सम्म उभिन पुग्ने कारणले पनि उनको सबै संग सुदृढ सम्बन्ध देखिदै आएको बताएको छ ।

उनको सरल ब्यबहार, नम्र स्वभाव,निष्कपट बोली,अध्ययन संस्कृतिको बिकास र प्रगतिशील चेतनाले समाज रुपान्तरणको अभियानमा समर्पण उनी पश्चिम मकवानपुरको प्रभाबशाली युवा नेता भएको बताएको छ ।

वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनमा राक्सिराङ्ग गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित थिङ सबै राजनीति दलहरु बाट निर्वाचित जनप्रतिनिधि हरुलाई एकमनका साथ एकताको सुत्रमा ल्याएर आफ्नो कार्यकाल भरमा समुदायलाई आधारभुत बिकासको पहुँचमा पुर्‍याउने उदेश्य उनले राख्नु भएको छ ।

युवा नेताको रुपमा सिफारिस गरिएको थिङ नेपालको पछिल्लो जेन्जी आन्दोलनको कारणले आसन्न निर्वाचनको लागि सिफारिसको थप आधार भएको बताएको छ ।

बैैठकले विरोध खतिवडालाई निर्वाचन क्षेत्र नम्बर १ र २ बाट उम्मेदवार बनाउन नाम सिफारिस गरेको छ । यस्तै, क्षेत्र नम्बर १ बाट खतिवडापछि विजय गौतम, घनप्रसाद गौतम, प्रेमबहादुर पुलामी, प्रल्हाद लामिछाने, सर्केस घलान, भीम पाख्रिन, सोमबहादुर थिङ सोबिन, किशोर टण्डन, ललितबहादुर घलान, शुभरत्न गोले, सूर्यकला तिमिल्सिना र वीर बहादुर थिङको नाम सिफारिस गरेको छ । यस्तै, क्षेत्र नम्बर २ बाट विरोध खतिवडासँगै कुमारी मोक्तान, रामनारायण विडारी, वीरबहादुर घलान ज्वाला, लवशेर विष्ट, सागर उप्रेती, बनस्तम थिङ र किशोर बर्तौलालाई सिफारिस गरेको छ । यस्तै, समानुपातिकतर्फ मकवानपुरबाट मुनु सिग्देल, प्रमिला पुलामी, लक्ष्मी पाख्रिन, राममाया पाख्रिन, अप्सरा लोप्चन, गोकुल बैजु, कल्पना विश्वकर्मा, विज्ञान स्याङतान्, कृष्ण चेपाङ, रामेशकुमार राई दनुवार, रामचन्द्र बल, जीवन लामा, सन्तोषकुमार तामाङ, बालकृष्ण चौलागाईं, रामहरि सुवेदी, कृष्णप्रसाद चौलागाईं र कृष्ण घिमिरेलाई सिफारिस गरेको छ । यस्तै, राष्टिूय सभाका लागि तारानाथ खतिवडा, विष्णुमाया लामा र दिलबहादुर स्याङ्बोलाई सिफारिस गरिएको छ । साविकको नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीबाट गठित कार्यदलका सदस्यहरु भीम पाख्रिन, ध्रुव भुजेल र डिल्लीप्रसाद दंगालको टोली एकीकृत ढंगले साविकका दुवै दलका नेताहरुको नाम सिफारिस गरेको किशोर बर्तौलाले बताए

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.