नवनिर्मित भवनबाट राक्सिराङकाे सेवा

मुलुक संघीय संरचनामा गइसकेपछि २०७३ सालमा स्थापित स्थानीय तहले ९ वर्षपछि आफ्नै प्रशासकीय भवनबाट सेवा दिन सुरु गरेकाे हाे । गाउँपालिका स्थापनापछि पालिका केन्द्र चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयको छात्राबास भवन र स्वास्थ्यचौकी भवनलाई मर्मत सुधार गरी गाउँपालिकाले सेवा सुचारु गरेको थियो । २०७८ साल असारबाट पालिका केन्द्र चैनपुरमै करिब ७ कट्ठा जमिनमा पालिका भवन निर्माण थालिएको थियो । निर्माण थालिएको करिब साढे चार वर्षपछि पालिकाको चारतले ४३ कोठे भवन निर्माण सम्पन्न गरिएको थियाे ।

६ करोड ४२ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी जयमाता इन्जिनियरिङ निर्माण कम्पनीसँग सम्झौता गरी काम थालिएको थियो । ०८२ असार मसान्तसम्म निर्माण कार्य सकिसक्नुपर्ने सम्झौता भए पनि तोकिएको समयभन्दा चार महिना ढिला गरी निर्माण पक्षले काम सकेको थियाे । नयाँ भवन निर्माण भएसँगै पालिकाको कार्यालय र सबै शाखाले एउटै छानामुनिबाट सेवा प्रदान गर्न सहज भएकाे गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । संघीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा भवन निर्माण भएको हो ।

 

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्य भारती पाठक, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, मुख्यमन्त्री बानियाँका प्रमुख राजनीतिक सल्लाहकार बुद्ध लामा, मनहरी ३ नम्बर वडाका अध्यक्ष उत्तम वाइबा, पूर्व वडाध्यक्ष बाबुलाल स्याङ्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमकैबीच  संचार क्षेत्रबाट योगदान गरेको भन्दै रामकुमार एलन, प्रतीक्षा न्यौपाने र विभिन्न क्षेत्रको ब्याक्तिहरुलाई  गाउँपालिकाले सम्मानसमेत गरेको थियो

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.