पश्चिमबाट फैलिँदै मौसमको प्रभाव, वर्षा र हिमपातको सम्भावना

देशका पश्चिमी भू–भागमा आज वर्षा र हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव दिउँसोसम्म गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिने अनुमान गरिएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम खालको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मौसमविद् सञ्जीव अधिकारीका अनुसार गएरातिदेखि सुदूरपश्चिम क्षेत्रमा सक्रिय न्यूनचापीय प्रणाली आज बेलुकापछि क्रमशः पूर्वतर्फ सर्नेछ।

यसको असर भोलि काठमाण्डौ उपत्यकासहित मधेश र कोशी प्रदेशमा पनि देखिनेछ। ती क्षेत्रमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। तर तराईका क्षेत्रमा भने मौसमको प्रभाव न्यून रहने अनुमान गरिएको छ।

यसअघि गएको शुक्रवार र शनिवार पश्चिम नेपालमा वर्षासँगै उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार आज र भोलि हिमाली तथा उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपात भए पनि ठूलो झरी पर्ने सम्भावना भने छैन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.