७२ वर्षमा पनि जोश कम छैन: प्रचण्डले भने– अझै केही वर्ष सक्रिय रहन्छु

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उमेरलाई राजनीतिक सक्रियताको बाधक नठान्ने स्पष्ट सन्देश दिएका छन्। ७२ वर्ष पुगे पनि आफूमा अझै काम गर्ने ऊर्जा र इच्छाशक्ति बाँकी रहेको बताउँदै उनले आगामी केही वर्षसम्म सक्रिय राजनीतिमा रहने संकेत दिएका हुन्।

सोलुखुम्बुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले युवापुस्तालाई लक्ष्य गर्दै आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गरे।
‘म ७२ वर्षको भएँ, तर अझै केही वर्ष लड्छु भन्ने आँट छ,’ उनले भने, ‘त्यसो हो भने ४० वरिपरिका युवासँग त समय र अवसर दुबै प्रशस्त छन्।’

विगतमा सोलुखुम्बुको विकासप्रति विशेष ध्यान दिएको उल्लेख गर्दै प्रचण्डले भविष्यमा पनि जिल्लालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले सोलुखुम्बुलाई ऐतिहासिक र विश्वकै दृष्टिमा महत्त्वपूर्ण जिल्ला भएको बताए।

‘सगरमाथाको काखमा बसेको जिल्ला भएकाले यहाँको चुनावी परिणाम संसारकै चासोको विषय हुन्छ,’ प्रचण्डले भने, ‘सोलुखुम्बुमा कसले जित्छ भन्ने कुरा अन्तर्राष्ट्रिय रूपमा पनि हेरिन्छ।’

उनको भनाइलाई समर्थकहरूले उत्साहका साथ स्वागत गरेका छन्। चुनाव नजिकिँदै जाँदा प्रचण्डको यो अभिव्यक्तिलाई राजनीतिक सन्देश र युवामैत्री अपिलका रूपमा लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.